दक्षिण भेगीय सार्वजनिक एम्वुलेन्स सेवा स्थापनाको इतिहास

- नारायण महर्जन

काठमाडौं शहरबाट करिव ७-८ किलामिटर दक्षिणमा रहेको ४० हजारभन्दा बढी जनसंख्या भएको यस कीर्तिपुर क्षेत्रमा तत्कालीन समयमा (वि..२०४९-५० साल) स्वास्थ्य सुविधाको नाममा खासै कुनै उल्लेखनीय सुविधा थिएन । यस क्षेत्रमा सञ्चालित स्वास्थ्य सेवाका हकमा कीर्तिपुर लायकु गा.वि.. मा एउटा सरकारी हेल्थ पोष्ट, चम्पादेवी गा.वि.. मा प्लान इन्टरनेशनलद्वारा सञ्चालित एउटा हेल्थपोष्ट र कीर्तिपुर लायकु गा.वि..मा नै परोपकार संघद्वारा सञ्चालित एउटा परोपकार सेवा, पालिफल गा. वि. .मा नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित स्वास्थ्य सेवा थियो । नेपाल रेडक्रस सोसाइटीवाट सञ्चालित स्वास्थ्य सेवा हाल बन्द भैसकेको छ । साथै त्रिभुवन विश्वविद्यालय हाता भित्र सञ्चालित स्वास्थ्य केन्द्र त थियो तर कीर्तिपुरवासीले उपयोग गर्न नपाउने भएकाले हुनु र नहुनुमा कुनै खास फरक थिएन । यी उल्लिखित स्वास्थ्य सेवा बाहेक निजी स्तरमा केही औषधि पसलहरु खोलिएका थिए तर ती पसलहरु विहान र बेलुका मात्र खोल्ने गरेकाले आवश्यक पर्ने वेला स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्था थियो। जुन हालसम्म पनि विद्यमान छ ।

स्वास्थ्य चौकीलाई छाडेर अरु उल्लेख गर्न लायक स्वास्थ्य उपचार केन्द्र खोलिएका थिएनन् । आकस्मिक दुर्घटनादेखि लिएर अन्य कुनै साना ठुला रोगहरुका उपचारका लागि यस क्षेत्रका जनताहरु काठमाडौं र ललितपुरका अस्पतालहरुमा जानुपर्ने स्थिति थियो तर अस्पताल जान आउन पनि भरपर्दो यातायात सुविधा थिएन । खास भन्ने हो भने स्वास्थ्य सुविधा हालसम्म पनि छैन भन्दा अत्युक्ति नहोला । खासगरी आकस्मिक उपचारको लागि जस्तो कि प्रसुती तथा अन्य तत्काल उपचार गर्नुपर्ने रोगहरुका लागि रोगीलाइ के विहान, के रात, के शनिवार, के चाडवाड कुनै पनि वेला तुरुन्तै अस्पताल लग्नु पर्दा तत्काल यातायातका सुविधा उपलब्ध थिएनन् । यसले गर्दा कैयन व्यक्तिहरु अकालमा मृत्युको मुखमा परिरहेका थिए ।

शहर वा राजधानीका मुटुबाट केही किलोमिटर मात्र दक्षिणमा रहेको यस क्षेत्रमा स्वास्थ्य उपचारका लागि कुनै स्वास्थ्य केन्द वा अस्पताल नहुनु तथा यातायातका साधनका व्यवस्था नहुनुले यो क्षेत्र शहरी क्षेत्र काठमाडौंको दुर्गम जस्तै थियो भन्दा अत्युक्ति नहोला । यस अर्थमा स्वास्थ्य क्षेत्रमा यस क्षेत्रका लागि केही सुधार ल्याउन वा तत्काल आकस्मिक सेवा प्रदान गर्न २४ घण्टे आकस्मिक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने अत्यन्त जरुरी देखिएको थियो । यस कुरालाई ह्रदयङ्गम गरी विगत दुई दशक अगाडिदेखि नै ज्यादै सक्रिय भई विभिन्न आरोह अवरोह पार गर्दै समाजसेवा तथा खेलकुदमा अग्रणी भूमिका निभाउदै आएको क्लव "नयाँ बजार क्लव" को सक्रियतामा यस दक्षिण भेगका लागि २४ घण्टा सेवा दिने सार्वजनिक एम्बुलेन्स सेवा स्थापना गरे । जसको नाम "दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा" राखिएको थियो ।

दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा विशुद्ध सामाजिक भावनाराखी यस क्षेत्रका जनताहरुलाई छिटो भन्दा छिटो आकस्मिक सेवा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्य लिई निःस्वार्थ भावले सेवा गर्दै आइरहको सार्वजनिक एम्बुलेन्स सेवा हो । उक्त एम्बुलेन्स सेवा "जनताहरुबाट जनताहरुले जनताकै सेवा" (जनताबाट पैसा उठाई जनताकै माध्यमबाट जनतालाई सेवा प्रदान) का लागि सञ्चालन भइरहेको कुरामा कसैको दुईमत छैन । वि.. २०५१ साल कार्तिक महिनादेखि विभिन्न साना ठूला समस्या झेल्दै हालसम्म निरन्तर नयाँ बजार क्लव, कीर्तिपुरको सयोजकत्वमा सञ्चालन भइरहेको कुरा सम्पूर्ण दक्षिण भेगीय जनताहरुमा अवगत नै छ भन्ने कुरामा म विश्वस्त छु।

एम्बुलेन्स स्थापनाको सोच (वीजारोपण)

काठमाडौं शहर, राजधानी भित्र र त्रि.वि.वि. नेपालको पहिलो र ठुलो विश्वविद्यालयलाई काखमा राखेर पनि तत्कालीन समयमा सञ्चार सुविधाका नाममा कीर्तिपुरमा सार्वजनिक टेलिफोन एउटै थिएन । केही (मुश्किलले ५/६ वटा) निजी टेलिफोन सेटहरु जडान भएका थिए । पीच बाटोको कुरा गर्नु पर्दा त्रि.वि.वि. छाडेर वास्तविक कीर्तिपुरको क्षेत्रमा करिव २ किलोमिटर मात्र पक्कि सडक थियो । अन्य सम्पूर्ण सडक कच्ची नै थिए । कीर्तिपुर क्षेत्रका सवै जनताहरुले त्रि.वि.वि. का कर्मचारी तथा विद्यार्थीहरुलाई मध्यनजर राखी सञ्चालन भएको यातायात सेवाको सवारी साधन प्रयोग गरिरहेका थिए जुन निकै असुविधापूर्ण थियो ।

चम्पादेवीको फेददेखिका जनताहरु त्रि.वि.वि. वसपार्कसम्म करिव १ घण्टा हिडेर मात्र वस चढ्न पाउथ्यो । यस किसिमको सञ्चार, बाटाघाटा र यातायातको साधनको समस्या भएको ठाउँमा सवैभन्दा महत्वपूर्ण मानवीय जीवन रक्षा हेतु अति आवश्यक स्वास्थ्य केन्द्र तथा अस्पताल नहुनु दुर्भाग्य नै मान्नु पर्छ । अतः यस क्षेत्रका हजारौ मानिसहरु सामान्य उपचारका लागि काठमाडौं र पाटनका अस्पतालहरु धाउन पर्ने वास्तविकतालाई नकार्न सकिदैन, त्यो हाम्रो बाध्यता थियो । चम्पादेवी, मच्छेगाउँ, भत्क्यापाटी, लनगोल, बोसन, चारघरे, सल्यानस्थान, झुलपोखरी आदि ठाउँ र त्यस वरपरका लगायत कीर्तिपुरका विरामीहरु दिनहुँ जस्तो स्टेचरमा राखी नयाँ बजार हुँदै अस्पताल लगेको देखिरहको थियो । विरामीलाई स्टेचरमा राखी गाडीको व्यवस्था गरी रहदा रहदै यातायातका असुविधाले कैयन विरामीहरु नयाँ बजारमा अस्पताल पुर्याउन नपाउदै मृत्युवरण गर्न बाध्य भएको वा पुगेको त्यो ह्रदयविदारक दृश्यहरु हाम्रो मानसपटलमा घुमिरहेको नै थियो ।

त्यस समयमा कीर्तिपुर क्षेत्र नगरपालिका नभई गाउँ विकास समितिका रुपमा थियो । ती गाउँ विकास समितिका जनप्रतिनिधिहरुबाट यस क्षेत्रमा सामान्य चिकित्साका मात्र पनि व्यवस्था नभएका कुराको मध्यनजर गरी समय समयमा तत्कालीन सरकार समक्ष पटक पटक ध्यानाकर्षण नगरेको पनि होइन । तर पनि यी समस्या समाधान गर्न कुनै निकायले तदारुकताकासाथ कुनै पहल गरिरहेका थिएनन् । वास्तवमा यति ठुलो जनसख्या भएको क्षेत्रको लागि एक सम्पूर्ण सुविधायुक्त अस्पतालका निःसन्देह नै अति जरुरी थियो भन्ने कुरामा शंका थिएन । बरु हाम्रा समस्यालाई सरकारले उपेक्षा गरेको महुशस गरिरहका थिए । यी कुराहरु हाम्रा क्लवका साथीहरुलाई पनि जानकारी थियो । यी विभिन्न घटनाक्रमले नयाँ बजार क्लबका सम्पूर्ण सदस्यहरुलाई सचेत युवाका हैसियतले पोलिरहको थियो । तत्कालीन समयको क्लवका कार्यकारी सदस्यहरुबाट स्वास्थ्य क्षेत्रमा अत्यन्त आवश्यक सेवा एम्बुलेन्स हो भन्ने पहिचान गरी क्लवका तर्फाट केही हदसम्म भए पनि कीर्तिपुर भेगका स्वास्थ्य क्षेत्रका समस्या हल गर्न सकिन्छ भन्ने ठम्याइ सार्वजनिक एम्बुलेन्स स्थापना गर्न संकल्प साथै निर्णर्य गरिएको थियो । यसरी सार्वजनिक एम्बुलेन्स व्यवस्था गर्ने धारणाका विजारोपण भएका थियो ।

उक्त निर्णर्य पछि, के ? कसरी ? सार्वजनिक एम्बुलेन्सको स्थापना गर्ने भन्ने सम्बन्धमा यस क्षेत्र भित्रका क्लवका साधारण सदस्यहरु बीच अन्तरक्रिया गर्ने सोचबाट क्लवको साधारण सभा राखी छलफलका विषय बनाएको थियो । क्लवका बहुमत सदस्यहरुबाट तत्कालीन समयमा यस क्षेत्रमा सक्रिय रुपमा कार्यरत अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपालसंग सहयोग लिइ "मारुति जीप्सी एम्बुलेन्स गाडी" किनेर सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको थियो ।

मारुति जीप्सी गाडी एम्बुलेन्स बदलामा टोयाटा ल्याण्डक्रुजरगाडी एम्बुलेन्स भयो कसरी ?

दातृ संस्थासंग पत्राचार र पटक पटक छलफल गर्दा त्यस संस्थाका तत्कालीन जिम्मेवार पदाधिकारीज्युबाट यस किसिमका स्वास्थ्य सेवाका लागि बजेट नछुटयाइएको र यस किसिमका स्वास्थ्य सेवामा सहयोगका लागि नीति नै नभएको जवाफ दिएको थियो

त्यसपछि तत्कालीन क्लवका पदाधिकारीका बैठक वसी एम्बुलेन्स स्थापना गर्न अर्कै रणनीति अपनाउन निर्णर्य गरियो । उक्त निर्णयअनुसार वास्तवमा कीर्तिपुर क्षेत्रमा यस क्षेत्रका जनताहरुलाई नै एम्बुलेन्स अपरिहार्य हो भन्ने महुशुस गर्न गराउन सकेमा समुदायमा आधारित भई एम्बुलेन्स स्थापना गर्न सकिन्छ भन्ने सोचमा पुगी यस क्षेत्रका प्रत्येक घरधुरीबाट रु.१००।- का दरले रकम जम्मा गरी एम्बुलेन्स स्थापना गरी छाड्ने अठोट गरी एम्बुलेन्स स्थापनार्थ विभिन्न संघ संस्थामा पेश गर्न तथा समुदायका व्यक्तिहरुलाई सम्झाउन बुझाउन साथै तिनीहरुका घरदैलामा हात फैलाउन एक प्रस्तावना (Proposal) लेख्न तत्कालीन क्लवका अध्यक्ष श्री प्रकाश महर्जनको अगुवाइमा समिति बनाइ एक हप्तामा पेश गर्नुपर्ने निर्णर्य गरियो ।

उक्त समितिबाट तयार पारिएको प्रस्तावनामा गा.वि.. को सहयोग लिई वडा अध्यक्षज्यूहरु मार्फ प्रत्येक घरधुरीबाट न्युनतम रु. १००।- का दरले सहयोग रकम उठाइ "मारुती जिप्सी एम्बुलेन्स" स्थापना गर्ने अगाडिका निर्णर्यका अवधारणालाइ मर्ूतरुप दिइ प्रस्तावना तत्कालीन क्लवका अध्यक्षले पेश गर्नुभयो । उक्त प्रस्तावना अनुसार लक्ष्यमा पुग्न सकिन्छ कि सकिन्न भन्ने वारे विस्तृत तथा गम्भीर रुपले छलछल गरिएको थियो तत्काल कार्यकारिणी समितिबाट पारित गरी युद्धस्तरमा प्रचार प्रसारमा जान निर्णय भयो । जुन निर्णय ठुलो चुनौतीका रुपमा थियो ।

यस निर्णयलाई कामयावी (सार्थक) बनाउन यस भेगका तत्कालीन सांसद, काठमाडौं जिल्ला १३ र १५ नं. इलाका सदस्यहरु, गा.वि.. का अध्यक्षहरु लगायत निजी तथा सार्वजनिक विद्यालय समितिका अध्यक्ष, क्लवका सल्लाहाकार तथा केही समाजसेवीहरुका भेला गरेर उक्त प्रस्तावना वारे छलफल गर्दा अत्यन्त गर्नै पर्ने सर्हानीय कार्य हो । हामी हाम्रो कार्य क्षेत्रबाट तन मन धनले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरी एक वृहत निर्देशक तथा व्यवस्थापन समिति गठन गरी प्रचार प्रसारका लागि र्याली निकाल्ने निर्णयगरियो ।

दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा व्यवस्थापन समितिमा निम्न महानुभावहरु हुनहुन्थ्यो ।

. काठमाडौं जिल्ला ५ न. क्षेत्रका सांसद श्री कृष्णगोपाल श्रेष्ठ - सदस्य

. काठमाडौं जिल्ला १३ नं. इलाका सदस्य श्री रामकृष्ण महर्जन "धिना" - सदस्य

. काठमाडौं जिल्ला १५ नं. इलाका सदस्य श्री राजन के.सी. - सदस्य

. चिठु विहार गा.वि.. अध्यक्ष श्री हिरावहादुर महर्जन - सदस्य

. लायकु गा.वि.. अध्यक्ष श्री हरिशरण महर्जन - सदस्य

. पालिफल गा.वि.. अध्यक्ष श्री कर्मलाल महर्जन - सदस्य

. बाहिरी गाउँ गा.वि.. अध्यक्ष श्री पूर्णलाल महर्जन - सदस्य

. चम्पादवी गा.वि.. अध्यक्ष श्री रामबाबु विष्ट - सदस्य

. विष्णुदेवी गा.वि.. उपाध्यक्ष श्री उत्तम महर्जन - सदस्य

१०.बालकुमारी गा.वि.. अध्यक्ष श्री ज्ञानवहादुर महर्जन - सदस्य

११. चोभार भूतखेल गा.वि.. उपाध्यक्ष श्री शिलाल महर्जन - सदस्य

१२. संयुक्त सार्वजनिक विद्यालय समिति अध्यक्ष श्री नीलकण्ठ अमात्य - सदस्य

१३. दक्षिण भगीय निजी तथा आवासीय विद्यालय सयुक्त समिति श्री महेश श्रेष्ठ - सदस्य

१४.परोपकार दान विभाग, कीर्तिपुर प्रधान सेवक श्री भाईलाल महर्जन - सदस्य

१५. नयाँ बजार क्लव अध्यक्ष श्री प्रकाश महर्जन - संयोजक

उक्त निर्णय अनुसार २०५० साल असोज १६ गते शनिवारको दिन यस भेगका सम्पूर्ण संघ संस्था, विद्यालय सहितका सहभागितामा विशाल र्याली नयाँ बजारबाट शुरु गरी "एम्बुलेन्स सेवा सञ्चालन गर्न सहयोग गरौं" शीषकको पर्चा वितरण गर्दै पाङ्गा, नगाउँ हुँदै कीर्तिपुर बाघभैरब स्थानमा समापन गरिएको थियो । उक्त समापन समारोहमा सहभागी संघ संस्था, विद्यालय र अन्य महानुभावहरुलाई एम्बुलेन्स व्यवस्थापन कार्य समिति (Action Committee) का सदस्य श्री नारायण महजनले धन्यवाद ज्ञापन गर्दै र्‍याली विर्सजन भएको घोषणा गर्नु भएको थियो ।

साँच्चिकै उक्त र्‍याली एक विशाल ऐतिहासिक र्‍याली थियो । जुन र्‍यालीबाट यस क्षेत्रमा वास्तवमा सार्वजनिक एम्बुलेन्स कति आवश्यक थियो, जनताको चाहना कति थियो भन्ने यथार्थलाई प्रतिविम्वित गरेको थियो । सो र्‍याली भएको शायद भोली पल्ट नै प्लान इन्टरनेशनल नेपाल, अन्तराष्ट्रिय संस्थाबाट पत्राचार गरी क्लवका पदाधिकारी बोलाइ एम्बुलेन्स स्थापना गर्न कीर्तिपुरका जनताको ठुलो चाहना रहेछ भन्ने यथार्थ हामीले हिजोको र्यालीबाट महुशुस गर्‍यौं । हामी यहाँका जनताका सामाजिक आर्थिक स्तर उठाउन आएका हौं । अतः यहाँका जनताका चाहना र भावनालाई लत्याएर हामी अघि वढ्न सक्दैनौं त्यसैले तपाईहरुको जुन अभियान छ त्यसमा तपाईहरुसंग हातमाहात मिलाई आत्मसात गर्न तयार छौं भन्नुभयो । उहाँहरुको सकारात्मक धारणा प्रति हामी ज्यादै हषिर्त भयौं । त्यस क्रममा उहाँहरुले धरानमा दुर्घटना भई बिग्रेको अवस्थामा रहको उक्त संस्थाका Toyota Land Cruiser गाडी मर्मत गरी तपाईहरुले एम्बुलेन्स रुपमा चलाउन प्रस्ताव राख्नु भयो । जापानीज Toyota Land Cruiser गाडी मर्मत गरी चलाउन सक्ने क्षमता छैन र फेरि हाम्रो प्रस्तावनामा Indian Maruti Gypsy Hard Top Ambulance, ९९ प्रतिशत कर छुट गराई नयाँ खरिद गर्ने हाम्रो सोच छ र पुरानो जापानीज गाडी मर्मत गर्न नयाँ इण्डियन जिप्सी गाडी किन्नु भन्दा महङ्गो पर्ने तर्क राखी उहाँहरुको प्रस्तावलाई इन्कार गर्यौं । त्यसो भए हामी यसबारे सोच्छौं, तपाईहरुलाई पछाडि खवर गरौला भनी PLAN International Nepal का जिम्मेवार व्यक्तिबाट भन्नु भयो र त्यस दिनका छलफल टुङ्गियो । एक हप्तापछि उहाँहरुबाट फेरी कुराकानीका लागि बोलाउनु भयो । छलफलका क्रममा प्लान इन्टरनेशनल नेपालका पक्षले पूर्ण एम्बुलेन्सका रुपमा तयार गर्न मर्मत तथा अन्य खर्च लाग्ने रकम व्यहोरी दिने Toyota Auto workshop, सिनामंगलमा नै वनाउनु पर्ने तर एम्बुलेन्स व्यवस्थापन समितिले मर्मर्त जिम्मा लिनु पर्ने, कम्तिमा ५ वर्षसञ्चालन गर्नुपर्ने र्सतहरु राखी दुवै पक्षबाट सहमति भई समितिका तर्फबाट समितिका संयोजक श्री प्रकाश महर्जन र प्लान इन्टरनेशनलका तर्फाट विकास कार्यकर्ता श्री जजुभाई महर्जन र प्रोग्राम मेनेजर श्री गजेन्द के.सी.बाट मिति २०५१।०१।०७ गते सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा बा... ५३२१ न. का Toyota Land Cruiser गाडी हाल वडी डेन्टिङ्ग पेन्टिङ्ग आवश्यक मर्मत तथा संभारका साथै एम्बुलेन्सका सवै सामानहरु राख्नु पर्ने र ८ हप्ता भित्र सम्पूर्ण काम पुरा हुनु पर्ने कुरा उल्लेख गरिएको थियो ।

यसरी Maruti Gypsy Hard Top Ambulance को सट्टामा Toyota Land Cruiser गाडी एम्बुलेन्सको रुपमा दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स हुन गएको थियो ।

एम्बुलेन्स सेवा सञ्चालनको कार्य क्षेत्र :

कुनै पनि कार्य योजना तयार पार्दा त्यसले कति क्षेत्रसम्मका जनताहरु लाभान्वित हुन सक्छ भन्ने कुरा उल्लेख गर्नु आवश्यक भएकाले प्रस्तावनामा यस क्षेत्रका ९ वटा गा.वि.. -बाहिरी गाउँ, चिठु विहार, लायकु, पालिफल, विष्णुदेवी, बालकुमारी, चोभार भूतखेल, चम्पादेवी, मच्छेगाउँ) हरुमा मात्र सेवा प्रदान गर्ने साँघुरो सोचबाट यो स्थापना भएको थियो ।

यस क्षेत्रका वरपरका क्षेत्र र छिमेकी गा.वि.. मा एम्बुलेन्सको व्यवस्था नभएका र ती क्षेत्रका लागि नजिकको साथै जनताका सहयोगबाट स्थापित सार्वजनिक एम्बुलेन्स भएकाले पनि छिमेकी गा.वि..हरु जस्तै चाल्नाखेल, फर्पिङ्ग, तिनथाना, सतुङ्गल, बलम्बु, नैकाप साथै काठमाडौं नगरपालिका भित्रका बल्खुका जनताले पनि आफ्नो क्षेत्रको एम्बुलेन्स ठानी यस एम्बुलेन्स सहयोग माग गरेकाले साँघुरो सोचबाट स्थापित भए पनि सेवा उपलब्ध गराउदै आएका अभिलेख छ ।

आकस्मिक सेवा दिने संस्थाले सेवा प्रदान गर्ने क्रममा सेवा सीमा यति मात्र हो न भन्न मिल्छ, न हामी भन्न नै सक्छौं । तर्सथ कुनै सीमित क्षेत्रका सीमित जनताहरुका प्रयासबाट स्थापना भएको भए पनि यो सेवा सम्पूर्ण आवश्यक मानिसहरुलाई प्रदान गरिदै आएको छ र भविष्यमा निरन्तर प्रदान गरी नै रहनेछ ।

स्थापनाका समयमा आकस्मिक सेवा दिने सार्वजनिक एम्बुलेन्सले आकस्मिक सेवा भएका अस्पतालमा मात्र पुर्याउने र आकस्मिक सेवा नभएका अस्पतालमा सेवा प्रदान नगर्ने नीति नियम तर्जुमा गरको थियो । उक्त नियमले गर्दा यहाँका जनताहरुलाई असहज परिस्थिति सृजना भएकाले केही समय पश्चात एम्बुलेन्स सञ्चालन समितिले आकस्मिक सेवा नभएका स्वास्थ्य उपचार गर्ने संस्थामा सेवा दिने निर्णर्य गरी हालसम्म यही नियमलाइ निरन्तरता दिइरहको छ ।

यस एम्बुलेन्स सेवाले यहाँका विरामीहरुलाई आकस्मिक सेवा उपलब्ध गराउने उद्देश्यले खास गरेर त्रि.वि.वि. शिक्षण अस्पताल, पाटन अस्पताल, प्रसुती गृह, टेकु अस्पताल, कान्ति वाल अस्पताल, काठमाडौं माडेल अस्पताल, वी. एण्ड. वी. अस्पताल आदि ठाउँमा यथासक्य छिटो सेवा प्रदान गरिरहेको छ । माथि उल्लेख गरिए अनुसार यहाँका जनताको माग अनुसार काठमाडौंका विभिन्न नर्सिङ्ग होम, टि.वि. अस्पताल, मानसिक अस्पताल र अन्य अस्पताल जहाँ आकस्मिक सेवा उपलब्ध छन त्यस्ता अस्पतालमा पनि सेवा दिने कार्यलाई निरन्तरता दिइरहको छ ।

अर्थ संकलन :

यस सार्वजनिक एम्बुलेन्स स्थापना गर्न नयाँ बजार क्लव, कीर्तिपुरका तत्कालीन अध्यक्ष श्री प्रकाश महर्जनको संयोजकत्वमा २०५० साल भाद ४ गते एक वृहत निर्देशक तथा व्यवस्थापन समिति गठन गरिएको थियो । उक्त समितिका सदस्यहरु दैनिक रुपमा जुटन अलि व्यवहारिक नभएको महुशुस गरी दैनिक कार्य सञ्चालन गर्न क्लवकै सदस्यहरु राखी निर्देशक तथा व्यवस्थापन समितिको संयोजक नै संयोजक रहने गरी एम्बुलेन्स व्यवस्थापन कार्य समिति (Action Committee) गठन गरियो । उक्त समितिमा निम्न सदस्यहरु थिए ।

(क) श्री नारायण महर्जन (ख) श्री वसन्त महर्जन (ग) श्री सन्तोष तिमिल्सिना (घ) श्री कृष्ण महर्जन

यस कार्य समितिले सहज र सरल ढंगबाट छिटो गतिमा काम अगाडि बढाउन श्री नारायण महर्जनको संयोजकत्वमा अर्थ संकलन उप-समिति गठन गरिएको थियो । जुन उप-समितिमा निम्न सदस्यहरु थिए ।

(क) श्री प्रदिप महर्जन (ख) श्री रत्नवहादर महर्जन (ग) श्री सुमहेश महर्जन (घ) श्री संजयलाल डंगोल (ङ) श्री रामजन महर्जन (च) श्री राज मान सिंह

यस उप-समितिका प्रमुख कार्य सार्वजनिक एम्बुलेन्सले ओगटने क्षेत्रका जनताहरुलाई सार्वजनिक एम्बुलेन्सको महत्व र आवश्यकता जस्ता सम्वेदनशील कुराहरुको जानकारी दिने, सार्वजनिक एम्बुलेन्स प्रति सकारात्मक भावना जगाई आर्थिक तथा नैतिक सहयोग गर्न गराउन उत्प्रेरित गराउने तथा यस क्षेत्रका जनताहरुको घरदैलोमा वडा अध्यक्षले आवश्यक ठानेमा साथ साथै सहभागी भइ चन्दा संकलन कार्यमा सघाउने साथै गा.वि.. अध्यक्ष र प्रत्येक गा.वि.. का वडा अध्यक्षलाई समय समयमा भेटन जाने र प्रगति विवरण लिएर आउने जिम्मेवारी वहन गर्न दिइएको थियो । उक्त समयमा एम्बुलेन्स ब्यवस्थापन सम्बन्धी विभिन्न अफवाह फैलिएकोले आधिकारिक जवाफ दिन श्री नारायण महर्जनलाई प्रवक्ताको रुपमा चयन गरिएको थियो । मानवीय संवेदनासंग प्रत्यक्ष सरोकार राख्ने एम्बुलेन्स स्थापना जस्ता प्रवित्र कार्य असफल तुल्याउन जुन अफवाह फैलाउन दुस्साहास गरियो, त्यो ज्यादै निन्दनीय कार्य थियो । यस्तो दुस्साहासलाई चिर्न पटक पटक गा. वि. . भवनमा अध्यक्ष लगायत वडा अध्यक्षहरुसंग सरसल्लाह र सुझावका लागि भेला पनि गर्नु परेको थियो । यस्ता अफवाहको नकारात्मक प्रभावले गर्दा पनि घरधुरी सहयोग उठाउन ढिला हुनुको साथै कुनै कुनै वडामा कम रकम उठेको थियो । यस क्रममा माथि उल्लिखित कुरालाई सम्वोधन हुने गरीएम्बुलेन्स किनशिर्शकको एक पर्चा निकालिएको थियो । यस्ता दुस्साहासलाई वेवास्ता गरी जुन सहयोग रकम उठाउन वा दिन जनताहरु जागरुक भए या यहाँका जनताको एम्बुलेन्स स्थापनामा ठुलो चाहाना भएको प्रमाण हो, जुन सह्रानिय छ । जनताका यस भावनालाई कदर र सम्मान गर्नु पर्छ भन्ने मलाई लाग्दछ । यो सहयोग र भावना प्रति व्यवस्थापन समिति नतमस्तक रहेको थियो ।

तत्कालीन समयमा यस क्षेत्रका ९ वटा गा.वि..मा निम्न संख्यामा घरधुरी थिए ।

क्र.. गा.वि.. घरधुरी संख्या

. चिठू विहार ८०५

. लायकु ५६७

. पालिफल ५४८

. वाहिरी गाउँ ९१०

. चोभार भूतखेल ११०९

. वालकुमारी ६०३

. विष्णुदेवी ४८४

. चम्पादवी ६४६

. मच्छेगाउँ ४५८

जम्मा ६१३०

स्रोतः CBS १९९१

खास गरेर स्थानीय जनताहरुको स्वास्थ्य उपचार गर्न शीघ्रातिशीघ्र र सहज रुपमा एम्बुलेन्स उपलब्ध गराउने उद्देश्य राखी यो अभियान सञ्चालन गरको हुनाले स्थानीय जनताहरुबाट आर्थिक संकलन गर्ने लक्ष्य राखिएको थियो किनभने प्रभावित क्षेत्रका जनसमुदायले नै यथासक्य सहयोग पुर्याउनु पर्ने र यस किसिमको सहयोगले नै यस्ता कार्यक्रम दीर्घकालीन सफल हुने कुरा निर्विवाद छ । तर्सथ यस क्षेत्रमा सार्वजनिक एम्बुलेन्स सेवाका लागि पनि यस क्षेत्रबाट कूल लक्षित रकमको आधा भन्दा बढी उठाउन लक्ष्य राखिएको थियो ।

प्रस्तावना अनुसार २४ घण्टा सेवा दिनु पर्ने भएकाले ३ जना ड्राइभर मर्मत संभार र इन्धन खर्च व्यहोर्न रु.,४०,०००।- अक्षय कोष र एम्बुलेन्स जिप्सी गाडी खरिद गर्न रु.,५५,२७२।- व्यय हुने भएकोले रु.१०,००,०००।- उठाउन लक्ष्य राखिएका थियो ।

उक्त लक्ष्य अनुसार आर्थिक संकलन गर्न निम्न स्रोतहरु पहिचान गरिएको थियो । प्रमुख स्रोत यस ९ वटा गाउँ विकास समितिहरुमा रहेको कुल घरधुरी संख्या ६१३० नै थियो । प्रति घरधुरीबाट सहयोग स्वरुप न्युनतम रु.१००।- का दरले रु.,१३,०००।- उठाउने लक्ष्य राखिएको थियो । त्यस्तै अन्य स्रोतहरुमा विभिन्न उद्योग तथा उद्योगपतिहरु तर्फाट रु.४५,०००।-, जिल्ला र नगरपालिकाबाट रु.,००,०००।-, निजी तथा सामुदायिक विद्यालयबाट रु.,०००।- र राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संघ संस्थाबाट रु.,००,०००।- र अन्य स्रोतबाट रु.३६,०००।- संकलन गर्ने लक्ष्य राखेको थियो ।

आर्थिक संकलन क्रममा कुनै कुनै गा.वि..का वडाबाट घरधुरी संख्याभन्दा बढी नै संकलन भएको थियो भने कुनै कुनै गा.वि.. र कुनै कुनै वडाबाट अति न्युन अर्थ संकलन भएको थियो । कुनै कुनै गा.वि.. को वडाबाट संकलन नै नभएको तथ्य पनि छ । यसरी आर्थिक संकलन अभियानमा निम्न गा.वि..का निम्न सदस्यहरुबाट आ-आफ्ना वडा र गा.वि..बाट संकलन गरी दिनु भएको रकम तल प्रस्तुत गरिएको छ ।

() बाहिरी गाउँ विकास समिति

वडा न. संकलक वडा अध्यक्षका नाम रकम रु.

. श्री कृष्ण महर्जन ६५०९।-

. श्री दिलमान महर्जन ,८८६।५०

. श्री पूर्णमान महर्जन १०,९३६।-

. श्री मोहनलाल श्रेष्ठ ,८००।-

. श्री जितलाल महर्जन १३,६९१।-

. श्री बाबुकाजी माली ,४६५।-

. श्री अर्जुन महर्जन ,३२६।-

. श्री रामचन्द खनाल ,४८१।-

. श्री पुरुषोत्तम बाँस्कोटा ,४२९।-

जम्मा ५६,५२३।५०

पुनश्चः- यस क्षेत्रका ९ वटा गा वि स का ८१ वटा वडाहरुमध्ये वडावाट संकलित सहयोग रकममा सवैभन्दा बढी बाहिरी गा वि स वडा न ५ भाजंगालका वडा अध्यक्ष श्री जितलाल महर्जनवाट रु. १३६९१।- संकलन गरी अमुल्य सहयोग गरिदिनु भएको थियो । ९ वटा गा वि स हरुमध्ये सवैभन्दा बढी सहयोग रकम रु. ५६,५२३।५० संकलन भएको गा वि स वाहिरी गा वि स थियो ।

() चिठु विहार गाउँ विकास समिति

वडा नं. संकलक वडा अध्यक्षका नाम रकम रु.

. श्री कृष्णवहादर महर्जन ,७३६।-

. श्री सिंग वहादर महर्जन र

. श्री धनलाल महर्जन संयुक्त ७,२८४।-

. श्री रामकृष्ण महर्जन १३,५४२।-

. श्री सिद्धिरत्न बज्राचार्य ,५५९।-

६. श्री निर्मल श्रेष्ठ २,९२५

७. श्री बालकृष्ण महर्जन ३,५७८।५०

८. श्री प्रेम महर्जन ५,०२५।-

९. श्री ज्ञान बहादुर महर्जन ८,२११।-

जम्मा ५०,८६०।५०

() लायकु गाउँ विकास समिति

वडा न. संकलक वडा अध्यक्षका नाम रकम रु.

. श्री शैलेन्द्र प्रधान ,०००।-

. श्री रमेश महर्जन ,५६०।-

. श्री इन्द्रमान महर्जन ,९२६।-

. श्री टिकाराम श्रेष्ठ ,५०३।-

. श्री वुद्धिवहादुर महर्जन ,६००।-

. श्री हरिशरण महर्जन ,५००।-

. श्री प्रकाश महर्जन ,६०७।-

. श्री हिरालाल महर्जन ,९००।-

. श्री नन्दवहादुर महर्जन ,२००।-

जम्मा २८,७९६।-

() पालिफल गाउँ विकास समिति

वडा न. सकलक वडा अध्यक्षका नाम रकम रु.

. श्री टिकाराम शाही ,७८३।-

. श्री त्रायमान महर्जन ,३२८।-

. श्री सानु महर्जन ,०००।-

. श्री बद्रि महर्जन र ५. श्री दिलवहादुर महर्जन १०,२९२।५०

. श्री दिलवहादुर महर्जन ,४३९।-

. श्री गुरुं महर्जन ----

. श्री महेन्द्र महर्जन ,६३६।५०

. श्री रत्नकाजी महर्जन ,०००।-

जम्मा ३५,४७९।-

() बालकुमारी गाउँ विकास समिति

वडा नं. सकलक वडा अध्यक्षका नाम रकम रु.

. श्री केशमान सिं महर्जन ,१४०।-

. श्री राजकुमार महर्जन ५०२।-

. श्री शिवपुत्र महर्जन ,६५०।-

. श्री मधुकर महर्जन ४,००६।-

. श्री गोविन्द महर्जन ,०८१।-

. श्री राजेन्द्र महर्जन ,२१३।-

. श्री वसन्त कुमार महर्जन ,४२१।-

. श्री नमराज थापा ,०००।-

. श्री हिकमत वहादुर विष्ट ----

जम्मा ३२,०१३।-

(६) विष्णुदेवी गाउँ विकास समिति

वडा न. संकलक वडा अध्यक्षका नाम रकम रु.

. श्री न्हुच्छे वहादुर महर्जन ,६५५।-

. श्री अष्टवहादुर महर्जन ,३२९।-

. श्री इश्वरलाल महर्जन ----

. श्री तरिबाबु महर्जन १०१।-

. श्री देवसिंह महर्जन ,३००।-

. श्री रिद्धि महर्जन ,३७८।-

. श्री गोपाल महर्जन ----

. श्री मर्जीमान सिंह ,४००।-

. श्री चन्द्रवहादुर महर्जन ,५१७।-

जम्मा १७,६८०।-

(७) मच्छेगाउँ गाउँ विकास समिति (एक मुष्ट संकलन) ,४८८।-

(८) चम्पादेवी गाउँ विकास समिति (एक मुष्ट संकलन) १९,३५५।-

(९) चोभार भूतखेल गा. वि. . (वडा न.९ बाट मात्र) ,९००।-

कुल जम्मा ,५०,०९५।-

- प्रस्तावना अनुसार उद्योग र उद्योगपती तर्फबाट संकलन गर्ने लक्षित रकम रु. ४५,०००।- राखिएको थियो । लक्षित रकमभन्दा बढी संकलन भएको थियो । आर्थिक सहयोग गर्ने उद्योग तथा उद्योगपतिहरुको नाम र रकम निम्नानुसार थियो ।

उद्योग र उद्योगपति रकम रु.

-) स्नोलायन कार्पेट, पाँगा (न्युरोडबाट) २६,०५०।-

-) सनम हाण्डिक्राफ्ट, बाहिरी गाउँ (जावलाखेलवाट)२५,०००-

-) सानम कार्पेट, कीर्तिपुर १०,०५०।-

-) कीर्ति कार्पेट ,००५।-

-) सुरेश अग्रवाल र जगदिस अग्रवाल २५,०००।-

जम्मा ८७,११०।-

- प्रस्तावना अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्थाहरुको तर्फाट रु.,००,०००।- संकलन गर्ने लक्ष्य राखिएको थियो यस क्रममा प्लान इन्टरनेशनल तर्फाट मर्मत गर्नुपर्ने Toyota Land Cruiser गाडी र मर्मत तयारी खर्च रु.,८०,८५७।- रुपैंया प्रदान गरिएको थियो ।

- प्रस्तावना अनुसार जिल्ला विकास र नगरपालिकाका तर्फाट रु.,००,०००।- संकलन गर्ने लक्ष्य राखिएको थियो । यस क्रममा रु.,०१,०००।- संकलन भएको थियो ।

काठमाडौं जिल्ला विकास समिति तर्फाट रु. ,००,०००।-

का..पा. वडा नं.१३ तर्फाट रु. ,०००।-

जम्मा रु. ,०१,०००।-

- निजी तथा सामुदायिक विद्यालयका तर्फाट रु.,०००।- संकलन गर्ने लक्ष्य राखिएको थियो । यस क्रममा एउटै विद्यालयबाट मात्र रु.,५००।- रकम प्राप्त भएको थियो ।

पाँगा माध्यमिक विद्यालय, पागा ,५००।-

- अन्य स्रोतबाट रु.३६,०००।- उठाउन लक्ष्य राखिएको जम्मा रु.,६९०।३० पैसा संकलन गर्न सफल भएको थियो । अन्य स्रोतबाट रकम प्राप्त विवरण यस प्रकारको छ ।

बाघभैरबमा राखेको चन्दा बाकसबाट रु. ,८००।७५

विहारमा राखेको चन्दा बाकसबाट रु. ,८०५।-

वुवाको सम्झनामा कुल व. महर्जनका तर्फबाट रु. ,०८४।-

कृषि विकास बैंक, केन्द्रीय कार्यालयबाट रु. ,०००।-

जम्मा ६,६९०।३०

यस दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा समितिले तयार पारेका प्रस्तावना अनुसार सहयोग रकम संकलन गर्ने लक्षित योजना अनुसार गाउँ स्तरको सहयोगमा केही गाउँ विकास समिति र वडामा आशा गरेको भन्दा बढी रकम संकलन भएको थियो । यसको सम्पूर्ण श्रेय त्यसै गाउँ विकास समितिका अध्यक्ष र अझ वडाका अध्यक्षहरु र त्यसै ठाउँका जनताहरुलाई नै दिनु पर्छ । उहाँहरुलाई समिति र मेरो व्यक्तिगत तर्फाट पनि हार्दिक धन्यवाद दिन चाहन्छ ।

- गाउँस्तरबाट संकलन गर्न खोजिएको लक्षित रकम रु. ,१३,०००।- थियो । मात्र यसको झण्डै ५० प्रतिशत -रु. ,५०,०९५।-) संकलन भएको थियो ।

यसरी सहयोग संकलनका क्रममा विभिन्न क्षेत्रबाट उठेका रकम रु.,४८,३९५।३० थियो । प्लान इन्टरनेशनल नेपालबाट गाडी मर्मत गर्न दिएको रकमबाट जगेर्ना गर्न सकेको रकम रु.३८,४६९।- र रु.,००,०००।- का अक्षयकोष खडा गर्न नपुग रकम नयाँ बजार क्लवको तर्फाट रु.१३,१३५।७० पैसा राखिएको थियो ।

सम्पूर्ण दक्षिण भेगका जनताहरुको अथक प्रयासबाट एक Toyota कम्पनीको Toyota Land Cruiser गाडी सार्वजनिक एम्बुलेन्स रुपमा र एम्बुलेन्स सुसंचालन गर्न रु.,००,०००।- को अक्षय कोष स्थापित गर्न सकेको हो ।

जनताबाट अर्थ (नगद सहयोग) उठाइ जनताकै माध्यमबाट जनताहरुलाई सेवा प्रदान गर्न स्थापना भएको एम्बुलेन्स सभवतः यो नेपालकै पहिलो होला । यसको सिको गरी दक्षिणकाली र अन्य ठाउँमा एम्बुलेन्स स्थापना गर्न यहाँको तौरतरिका बुझ्न प्रस्तावनाको नक्कल समेत लगिएको थियो । उक्त सोच अनुसार नै दक्षिणकाली क्षेत्रमा सार्वजनिक एम्बुलेन्स स्थापना भएको थियो । यो हाम्रो क्षेत्रको लागि गौरवको कुरा हो ।

उक्त एम्बुलेन्स स्थापनाको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले रकम संकलन गर्न सहयोग गर्ने र भौतिक तथा नैतिक सहयोग गर्ने यस क्षेत्र तथा अन्य क्षेत्रका सम्पूर्ण संघ संस्था तथा महानुभावहरुलाई समितिका तर्फाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

एम्बुलेन्स सेवा संचालन विधिः

एम्बुलेन्स जस्तो विशुद्ध सामाजिक सेवा अन्य आयोजनाहरु जस्तो निश्चित समयमा शुरु गरेर निश्चित समयमा सम्पन्न हुने कार्य होइन । यो निरन्तर सेवा प्रदान गरिराख्नु पर्ने वा चलिरहने सेवा वा आयोजना हो । दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स गाडी पूर्ण रुपले तयार भैसकेपछि समितिबाट नै संचालन गर्ने उद्देश्यले एम्बुलेन्स गाडीलाई दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा समितिको नाममा दर्ता गर्ने निर्णर्य भई सो अनुसार एम्बुलेन्स गाडी प्लान इन्टरनेशनल नेपालबाट समितिको नाममा नामसारी गर्ने प्रक्रिया अघि वढाउदा समिति जिल्ला कार्यालय र सामाजिक सेवा समन्वय परिषदमा दर्ता नभएकाले उक्त समितिको नाममा दर्ता गर्न नमिल्ने भएको सर्न्दर्भमा समितिमा नै छलफल गरी समितिको संयोजक संस्था नयाँ बजार क्लवको नाममा नामसारी गर्ने र्सवसम्मत निर्णर्य भई नामसारी गरिएको थियो । व्यवस्थापन समिति र जनताले गरेको विश्वासवाट नै एम्बुलेन्स संचालन गर्न उक्त समितिका संयोजक नयाबजार क्लवको आत्मविश्वास बढेको हो । उक्त विश्वास नै क्लवको पुँजी हो । यसलाई पुँजीकृत गरी क्लव अगाडि वढ्नुपर्छ भन्ने मान्यता थियो, रहकोछ र रहनेछ । उक्त समयदेखि नै नयाँ बजार क्लवका सदस्यमध्येबाट ५ सदस्यीय कार्य समिति तयार गरी संचालन तथा व्यवस्थापन गर्दै आइरहेको छ ।

एम्बुलेन्स सेवा कार्य समितिः

संयाजक १ नया बजार क्लवका सदस्यहरुबाट

सदस्य नया बजार क्लवका सदस्यहरुबाट

दिनरात जनसेवा गनुपर्ने एम्बुलेन्स सेवा २४ घण्टा संचालन भरहेको छ । कुनै पनि ठाउँबाट कुनै पनि वेला आएको सूचना टेलिफोन वा कुनै माध्यमबाट प्राप्त हुने वित्तिकै घटनास्थल वा विरामी घरसम्म गएर घाइते वा विरामीलाई यथाशक्य छिटो सम्बन्धित अस्पतालसम्म पुर्याई नियमित रुपमा २४ घण्टा सेवा प्रदान गरिरहको छ । यस किसिमको सेवा प्रदान गर्न तीन जना ड्राइभर र एक जना हेल्परको व्यवस्था गरी एम्बुलेन्स कार्य समितिले एक दशक अगाडिदेखि नै कार्य गर्दै आइरहेको छ ।

यस एम्बुलेन्स कार्य समितिले आफ्नो कार्यलाइ प्रभावकारी ढंगले सुसंचालन गर्न तथा व्यवस्थापन गर्न, विना भेदभाव सेवा प्रदान गर्न, दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवाका उद्देश्य प्राप्तिको लागि दुई उप-समिति गठन गरिएको छ । जुन आर्थिक उप-समिति र मर्मत संभार उप-समिति हुन् ।

यस उप-समितिको लागि कार्य समितिका सदस्यहरुबाट नै सह-संयोजक चयन गरिने प्रावधान छ ।आर्थिक उप-समितिले दैनिक प्राप्त हुने सेवा शुल्क ड्राइभरबाट उठाउने, तलव दिने, मर्मत खर्च उपलब्ध गराउने गर्दछ । मर्मत संभार उप-समितिले एम्बुलेन्स गाडीलाइ २४ घण्टा सेवा उपलब्ध गराउन गाडीलाइ ठीक स्थिति (सही कण्डिसन) मा राख्ने व्यवस्था गर्दछ ।

मेरो भनाइ तीतो सत्य

यस नयाँ बजार क्लवको रजत जयन्ती मनाउने अवसरमा स्मारिका प्रकाशन गर्ने क्रममा दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा कसरी स्थापना भयो भन्ने बारे लेख्न जिम्मा मलाई दिइएको छ । उक्त जिम्मेवारी निभाउन आज भन्दा एक दशक अगाडि स्थापना भएको सार्वजनिक एम्बुलेन्स स्थापनाको इतिहास बारे लेख्ने प्रयास गरको छु । वास्तवमा यो लेख्नु नै पर्ने अत्यन्त महत्वपूर्ण विषय हो भन्ने ठान्दछु । यस्तो सौभाग्य मलाई दिनु भएकोमा क्लवका सम्पूर्ण पदाधिकारी र साथीहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

कतिपय मित्रहरुलाई कुनै कार्य सम्पन्न वा स्थापना भैसकपछि के नै हो र जस्तो लाग्छ होला तर स्थापनाका दौरानमा के कस्ता प्रयास र समस्यासंग जुध्यौं भन्ने तथ्य कतिपय साथीहरुलाई थाहा नहुन पनि सक्छ र कतिपयलाई जिज्ञासाको विषय पनि हुन सक्छ । यो कार्य कोलम्वसले अमेरिका पत्ता लगाई सकेपछि उनका मित्रहरुले खिज्याए जस्तो पनि हुन सक्छ ।एक दशक भन्दा अगाडि स्थापना भएको एम्बुलेन्सको बारे अहिले लेख्न खोज्दा प्राप्त कागजात,अभिलेख, सम्झना र माइन्युटको आधारमा लेख्ने प्रयास गरको छु ।

एम्बुलेन्स स्थापना गर्ने दौरानमा क्लव भित्र र बाहिरका थुपै हितैषी मित्रहरुले सहयोग गरेका थिए । ती सम्पूर्ण मित्रहरुको नामावली यस लेखमा उल्लेख गर्न नसकिएकामा क्षमा प्राथी छु । वडा वडामा सहयोग उठाउने क्रममा समितिको निर्णर्य भई "एम्बुलेन्स किन" नामक पर्चामा समेत उल्लेख गरिएको रु.१०००।- वा सो भन्दा बढी सहयोग गर्ने महानुभावहरुको नाम शिलालेखमा लेख्ने कार्य पुरा गर्न नसकेकोमा पनि व्यवस्थापन समितिको र Action Committee को तर्फाट म क्षमा माग्न चाहन्छु ।

उक्त समयमा घटेका थप तितामिठा घटनाहरुमध्ये केही घटना यहाँ अझ पनि उठाउनु सार्न्दभिक ठानी स्मरण गर्न खोजिरहेको छु ।

- वि.सं. २०५० साल, तत्कालिन समयमा जो एम्बुलेन्स स्थापना क्रममा लागेका केही साथीहरु मात्र उमरले गधा पच्चीस नाघेका र धेरै साथीहरु उमेरले गधा पच्चीस ननाघेका थिए । उमेरका कारणले होला - शायद केटाकेटी जस्तो ठानी विभिन्न संघ संस्थामा कुरा गर्न जाँदा, जनताका माझमा सहयोग रकम उठाउन जाँदा पत्याइएको थिएन । यो हुनै नसक्ने कार्य, यस्ता फुच्चाहरुले गर्लान र ? भनी कसैले अगाडि र कसैले पिठ्यु पछाडि कुरा काटी हतोत्साहित पार्न खोजिएको थुपै दृष्टान्तहरु र ती व्यक्तिहरुको तितो भनाई हाम्रो मानसपटलमा अझै ताजा छन् ।

आफ्ना आत्मविश्वासमा भएको कमी, अरुलाई पनि त्यही ढंगबाट सोच्ने मानसिकता हटाउनु पर्छ । बरु कुनै पनि काम गर्न आँटेका मानिसलाइ उत्साहित गर्नु पर्छ जस्तो हामीलाइ लाग्छ । तत्क्षण हामीले एण्डमण्ड वकका भनाई सम्झी चित्त वुझाएका थियौं । त्यसैले उहाँका भनाइ उल्लेख गर्न म सान्दर्भिक ठान्दछु, “सार्वजनिक रुपले ठुला कार्य गर्ने मानिसहरुले थकाइ लाग्दो ढिलाइ, चित्त दुखाउने खालका निरासाहरु र स्तब्ध पार्ने अपमानहरु त सहनैपर्छ नै अझ खराब कुरा के छ भने उनीहरुले मूर्खहरुको धृष्ततापूर्ण मूल्यांङ्कन पनि सुन्नु पर्छ ।

- उक्त समयमा भर्खर मात्र देशमा वहुदलीय व्यवस्थाको पुनर्स्थापन भई चुनाव भएको थियो । बहुदलीय राजनीतिमा कुनै पनि मानिस कुनै न कुनै राजनीतिक संगठन प्रति झुकाव राख्ने वा तटस्थ भए तापनि कुनै न कुनै पार्टीबाट भोट दिएको होला । तर समुदायमा धेरै मानिसका हितको लागि सामुदायिक रुपमा उठाइएको साझा कार्य वा सवाललाई लिएर केही राजनीतिक कार्यकर्ताहरुले एम्बुलेन्स स्थापना गर्ने क्रममा पनि राजनीतिक रंग छ्यापी होली खेल्ने दुष्प्रयास गरेका थिए र असहयोग पनि गरका थिए, त्यो ज्यादै दुःखद घटना हो ।

ती राजनीतिक कर्मीहरुलाइ यस्ता साझा मुद्दामा कहिल्यै पनि राजनीतिक रंग नदिन विनम्र अनुरोध गर्दछौं । यसउसले साधारण जनताहरुमा राजनीति प्रति वितृष्णा जाग्न सक्छ भन्ने हामीलाई लाग्दछ । यस्तो समाजको असल साझा सवालका अभियानमा केही गर्न नसके पनि अभिपोषणले मात्र पनि ठुलो सहयोग हुन्छ ।

- सार्वजनिक एम्बुलेन्स स्थापना गर्ने सोच, परिकल्पना, प्रस्तावना नितान्त क्लवका युवा साथीहरुको सोच हो । यो कुनै राजनीतिक मानिसहरुका टेवा र प्रेरणाबाट भएको उपज होइन । समुदायमा जान यस क्षेत्रका तत्कालीन जनप्रतिनिधिको सहयोग लिएमा रकम उठाउन सहज हुने परिकल्पना प्रस्तावनामा उल्लेख भए अनुसार जनप्रतिनिधिको सहयोग लिएका हो र एउटा वृहत निर्देशक समिति गठन भएको हो । होला, कुनै दलको बाहुल्यता भयो होला तर जनप्रतिनिधिहरु त सवैका साझा हुन भन्ने अवधारणा राख्नु पर्छ जस्तो हामीलाई लाग्छ । आगामी दिनमा पनि कुनै कार्य गर्दा यस्ता संकुचित धारणा नराखि मन्दिर भित्र छिर्न जुत्ता फुकालेर गए जस्तै जानु पर्छ भनि क्लव इतर र भितरका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

यस किसिमबाट सार्वजनिक एम्बुलेन्सको स्थापना संभवत नेपाल अधिराज्यकै पहिलो दृष्टान्त हुन सक्छ । यस क्षेत्रको केही सचेत युवाले आफ्नो क्षेत्रमा देखिएको विभिन्न समस्याहरुमध्ये अत्यन्तै महत्वपूर्ण प्राथमिकताको हिसावले पहिलो क्रममा आउने समस्यालाई पहिचान गरी जुन एम्बुलेन्स राख्ने परिकल्पना गरे र मर्ुत रुप दिए । यो युवाहरुको शक्तिको उपज हो भन्दा अत्युक्ति नहोला । तर्सथ कुनै पनि क्षेत्रका युवाहरुले आफ्नो क्षेत्रमा भएका विभिन्न समस्याहरुलाई पहिचान गरी युवाहरु संगठित र एकजुत भई लागेमा सरकारको मुख नताकी आफ्नै क्षेत्रका जनताहरुका वलवुताबाट ठुलठुला कार्य सम्पन्न गर्न सकिन्छ भन्ने यस सार्वजनिक एम्बुलेन्सको स्थापना एक नमुना हो भन्ने मलाइ लाग्छ ।

कुनै राष्ट्र निर्माणमा युवा शक्तिको ठुलो भूमिका हुन्छ, यो निर्विवाद सत्य हो । युवाले आँटे नहुने कुनै कार्य छैन मात्र थोरै परिपक्वताको कमीले जोसमा होस गुमाउन सक्छ । बरु समाजका परिपक्व व्यक्तिहरुले युवाहरुलाई पथ प्रदर्शक रुपमा मार्ग निर्देशन गर्ने हो भने कुनै विचलन विना नै सही बाटोमा लाग्छ र गन्तव्य स्थलमा पुग्न सहज हुन्छ भन्ने मरो धारणा छ । अतः हामीलाई सही बाटोमा लाग्न सधैं सधैं प्रेरणा, सल्लाह र सुझाव यस भेगका प्रवुद्ध वर्ग वुद्धिजीवी, समाजसेवी निःस्वार्थ राजनीतिक कर्मी र अन्य महानुभावहरुबाट अपेक्षा गरको छ ।

सामान्यतया एम्बुलेन्स स्थापना र संचालनका आधारमा वर्गीकरण गर्दा निम्न प्रकारको दखिन्छ ।

. सरकारी स्वामित्वमा रहेको संस्थावाट संचालित एम्वुलेन्स जस्तै : सरकारी अस्पताल, जनस्वास्थ्य कार्यालय,नगरपालिका आदि

. नीजि अस्पतालवाट संचालित एम्वुलेन्स जस्तै : बी एण्ड बी अस्पताल, मोडेल अस्पताल आदि

. अन्तराष्टिय क्लववाट संचालित एम्वुलेन्स जस्तै : लायन्स एम्वुलेन्स, रोटरी एम्वलेन्स आदि

. स्वयंसेवी संस्थावाट संचालित एम्वुलेन्स जस्तै : परोपकार एम्वुलेन्स, रेडक्रस एम्वुलेन्स आदि सामान्यतया सरकारी स्वामित्वमा रहेको संस्था, अन्तराष्टिय क्लव तथा स्वयंसेवी संस्थावाट संचालित एम्वुलेन्स मित्र राष्ट अन्तराष्टिय दातृ संस्थावाट सहयोग वा उपहार स्वरुप प्रदान गरिएको एम्वुलेन्स संचालन गरिरहेको देखिन्छ । जस्तैः कीर्तिपुर नगरपालिकाको एम्वुलेन्स । यस किसिमका एम्वुलेन्स कतिपयसंस्थाले एक वर्षपनि संचालन गर्न नसकेर अस्पताललाई हस्तान्तरण गरेको वा ग्यारेजमा फालिएको वा व्रि्रेर वा दुर्घटना भएर मर्मत संभार गर्न नसकी संचालन नभएको थुपै दृष्टान्टहरु भेटिन्छन् ।

यस किसिमको एम्वुलेन्स स्थापित र संचालन कार्यक्रममा जनताको सहभागिता नभएको कारणले स्थानीय जनता प्रति जिम्मेवार हुन परेन जस्को फलस्वरुप लामो समय संचालन हुन नसकेको होला भन्ने हाम्रो ठहर छ ।

यी माथि उल्लिखित एम्बुलेन्स स्थापना र संचालन भन्दा भिन्न प्रकतिको एम्बुलेन्स स्थापना र संचालन भइरहेको एम्बुलेन्सदक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा (कीर्तिपुर एम्बुलेन्स सेवा)” हो । किनभने मा वा थि उल्लेेख गरिए झैसमुदायवाट समुदायका लागि समुदायलेपहल गरी प्रत्येक घरधुरीवाट सहयोग उठाइ स्थापना गरिएको यो सार्वजनिक एम्बुलेन्स संभवत अधिराज्य भरी कै पहिलो सुकार्य होला । त्यसैले यो सार्वजनिक एम्बुलेन्सको इतिहास मेट्न दिनु हुन्न । बरु अरु समुदायको लागि प्रेरणाको स्रोतको रुपमा रहन दिनुपर्छ । यो सार्वजनिक एम्बुलेन्स ऐतिहासिक रुपमा स्थापित गर्न युग युगसम्म जीवन्त रहनुपर्छ र जीवन्तताका लागि यस क्षेत्रका सम्पूर्ण निकायवाट सदासयताका हातहरु फैलाउन आवश्यक हुन्छ ।

समुदाय र अन्य संस्थाहरुलाई सहयोग स्वरुप प्रदान गर्दा तीता अनुभव वोकेर एम्बुलेन्स सहयोग प्रदान नगर्ने निर्णयलिई सकेको संस्था नेपाल जर्मनी सहयोग संघवाट यस एम्बुलेन्सको स्थापना सुंसचालनको इतिहासबाट प्रभावित भएर भर्खर मात्र नयाँ बजार क्लबलाई एक एम्बुलेन्स सहयोग स्वरुप प्रदान गर्नु यस क्षेत्रका सम्पूर्ण जनताहरुका लागि गौरवको कुरा हो ।

दक्षिण भेगीय सार्वजनिक एम्बुलेन्स सेवा (कीर्तिपुर एम्बुलेन्स सेवा)” समय परिस्थिति अनुसार परिमार्जित भइ परिस्कृत ढङ्गले सुसंचालन गरी यस भेगका जनतालाई समयमै र्सवसुलभ सेवा उपलब्ध गर्राई विरामीलाई पुनर्जीवन दिन निरन्तर सकोस् । यसले दिने सेवा चुस्त र फूरर्तिलो भई नेपाल अधिराज्यकै एक उदाहरणीय तथा अनुकरणीय सार्वजनिक एम्बुलेन्स हुन सकोस् । यस सेवाको सुगन्ध प्रेरणाको रुपमा जगत भरी फैलिन सकोस् ।

शुभकामना ! शुभकामना ! ! शुभकामना ! ! !

 

Naya Bazar Club, Kirtipur-3, Kathmandu, Nepal. Telephone: +977 1 4330200, Website: www.nbc.org.np 
All Rights Reserved © Naya Bazar Club 2012.