विद्यालय खेलकुदमा नयाँ बजार क्लबको भूमिका

- प्रदीप महर्जन

विकसित राष्ट्रहरुमा क्लव भन्नाले एउटा मनोरञ्जन गर्ने थलो तथा खेलकुदका क्रियाकलाप गराउने थलाका रुपमा चिनिन्छ । तर हाम्रो जस्तो विकासोन्मुख देशमा क्लवलाई एउटा विशुद्ध सामाजिक गैर सरकारी संस्थाको रुपमा लिइन्छ । जहाँबाट खेलकूद क्रियाकलापका अलावा समाजमा रहेका विकृति हटाउने, सामाजिक उत्थान, युवाहरुलाई कूलतमा लाग्नबाट बचाउने, वातावरण सम्बन्धी चेतना जगाउने, शैक्षिक स्तर उकास्ने, स्वास्थ्य सम्बन्धी क्रियाकलापहरु गर्ने गरको पाइन्छ । त्यस्तै क्रियाकलापहरु नयाँ बजार क्लवले पनि गर्दै आइरहको छ ।

विद्यालय खेलकूद त्यस्तो कार्यक्रम हो जसले विद्यार्थीहरुको अध्ययनलाई अझ चुस्त राख्न पठन पाठन सँगसँगै तिनीहरुको शारीरिक, मानसिक, सामाजिक, सम्वेगात्मक र अनुशासन पक्षहरुको विकासका लागि आन्तरिक तथा बाहृय रुपमा विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापहरुको प्रतिस्पर्धा गराउने गरिन्छ । विद्यालय खेलकूद जहाँ फूटवल, भलिवल, पौडी, चेस, बास्केटवल, टेवल टेनिस, सडक दौड, एथलेटिक्स, व्याडमिण्टन आदि खेलहरुको स्वस्थ प्रतिष्पर्धा गर्ने गरिन्छ । विभिन्न विद्वानहरुले पनि विद्यालयमा पठन पाठन मात्र नगर्राई तिनीहरुको मनोरञ्जनका लागि खेलकूदको जरुरत पर्दछ भनेका छन् ।

नयाँ बजार क्लव वि.सं. २०३७ सालमा १४/१५ वर्ष उमेर भएका केटाकेटीहरुको खेलकूदलाई संगठित रुपमा अगाडि बढाउन स्थापना गरिएको एक गैर सरकारी संस्था हो । जसले तात्कालिन समयमा आफ्ना युवा सदस्यहरुलाई खेलप्रति समर्पित गर्राई कूलत एवं असामाजिक व्यवहारमा लाग्नबाट जोगाउनुका साथै सामाजिक, वातावरण, स्वास्थ, संस्कृति आदि क्षेत्रमा संरक्षण एवं सुधार गर्न जनचते ना जगाउनुका साथै अन्य विविध कार्यक्रमहरु गर्दै आएको देखिन्छ । यस क्लवको मूल मन्त्र नै "युवा शक्तिलाई परिचालन गरौं" रहकको छ । यस क्लवले आफ्ना युवा सदस्यहरुलाई विभिन्न समूह बनाई परिचालित गरेको छ । जसमध्ये खेलकूद एक प्रमुख कार्यक्रमको रुपमा लिएर अगाडि बढेको छ ।

नयाँ बजार क्लव जसले आफ्ना दुरगामी सोच अनुसार खेलकुद क्रियाकलापहरु गर्ने गरेको छ । खले विकासको आधार विद्यालय हो । जहाँ भोलिका युवाहरु अध्ययनरत हुन्छन् । त्यसैले खेलाडीहरुको प्रमुख स्रोतको रुपमा विद्यालय मानेर सोही स्थानमा केन्द्रित भएर खेलकूदका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छ । विविध खेलकुदहरु फुटवल, भलिवल, बास्केटवल, टेवल टेनिस, व्याडमिण्टन आदि मध्ये पनि बास्केटवल खेललाई बढी महत्व र प्राथमिकता दिएर राष्ट्रिय स्तरसम्म लैजान योजना राखेको छ । यस बाहेक शारीरिक शिक्षाको मूल गाथालाई मनन गरेर, विद्यालय भनेको पठन पाठन अथवा कितावी ज्ञान मात्र प्रदान गर्ने थलोको रुपमा हनु हुँदैन बरु त्यहाँ विद्याथीहरुको चौतर्फी अर्थात शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा अनुशासन जस्ता पक्षमा विकास गरी एउटा योग्य, समाजको लागि उत्कृष्ठ, सक्षम र स्वावलम्बी नागरिक तयार गर्ने थलोको रुपमा हनु पदर्छ भन्ने मान्यता राखरे नै आफ्ना नीतिहरु तयार पारेर विद्यालय खेलकूदलाई प्रमुख पक्षको रुपमा लिएर अगाडि बढेको छ ।

वि.सं. २०२८ सालमा नयाँ शिक्षा योजना लागू भए देखिनै प्राथमिक तहको पाठ्यक्रममा शारीरिक शिक्षा विषयलाई अनिवार्य रुपमा लागू गरी पठन पाठन गराउँदै आएको पाइन्छ । तर पनि यसले व्यवहारमा खासै परिवर्तन ल्याउन सकेको देखिंदैन । त्यस पछिका वर्षरुमा अझै प्रभावकारी बनाउन कक्षा ८ सम्म अनिवार्य र कक्षा ९ र १० मा ऐच्छिक विषयका रुपमा समावेश गरेर पठन पाठन गराउँदै आएको छ । तर पनि अभिभावहरुले यसका फाइदा बेफाइदाका कुराहरु नबुझि दिनाले, विद्यालय प्रशासनले खर्चिलो विषयका रुपमा लिनाले प्रभावकारी नभई पाठ्यपुस्तकमा मात्र सीमित भै राखेको अवस्थामा नयाँ बजार क्लवले विद्यालय स्तरका प्रतियोगिताहरु आयोजना गरेका कारणले विद्यालय खेलकूद र शारीरिक शिक्षालाई एक साथ सँगसँगै लैजान निकै मद्दत मिलेको छ । अहिले पनि अभिभावकहरुले आफ्ना नानीहरुको पढाइ स्तर खस्कनुको कारण खेलकूद क्रियाकलापलाई मान्ने गरेको छ ।

त्यसैले आफ्ना नानीहरुलाई खेलकूद क्रियाकलापमा संलग्न नगराउन विद्यालय प्रशासनमा दवाव दिने गरेको पाइन्छ । यस्तो अवस्था हुँदा पनि विद्यालय प्रशासन तथा शारीरिक शिक्षा एवं खेलकुदका बारेमा बुझाउन नसक्नाका कारणले गर्दा विद्यालय खेलकूदलाई प्रभावकारी रुपमा अगाडि बढाउन कठिन भएको अवस्थामा उक्त समस्यालाई चिरेर विद्यालय खेलकूद कार्यक्रम अगाडि बढाएको थियो ।

शारीरिक शिक्षा त्यस्तो विषय हो जसले विद्यार्थीहरुले शारीरिक क्रियाकलापमो माध्यमद्वारा तिनीहरुको चौतर्फी विकास गर्न सक्दछ । त्यसैले शारीरिक शिक्षालाई साधारण शिक्षाको एक आधारभूत पक्षको रुपमा लिइन्छ । जुन वालवालिकाहरुको जीवनको सवैभन्दा पहिले शुरु हुने गर्दछ । नयाँ बजार क्लवले खेलकूद कार्यक्रमका साथ साथै विद्यालयका शिक्षक, अभिभावक, प्रशासन एवं विद्यार्थीहरुलाई पढाइमा कमजोर हुनुका कारण शारीरिक क्रियाकलाप तथा खेलकुद होइन वरु यसले विद्यार्थिहरुको चौतर्फि विकास गर्दै तिनीहरुमा निम्न परिवर्तन ल्याउन मद्दत गर्दछ भन्ने कुरा बुझाउन सफल भएको देखिन्छ ।

क) शारीरिक वृद्धि र विकास,
ख) स्वस्थ र रोगमुक्त जीवन विताउन,
ग) शारीरिक क्षमतामा वृद्धि,
घ) दिमाग स्वस्थ राख्न,
ङ) अतिरिक्त शक्तिको सदुपयोग गर्न,
च) अनुशासित बन्न,
छ) राष्ट्र प्रेमको भावनाको विकास गर्न,
ज) फूर्सदको समयको सदुपयोग गर्न,
झ) सामाजिक र साँस्कृतिक आदानप्रदान गर्न,
ञ) व्यक्तित्व विकास आदि ।
शारीरिक शिक्षालाई राम्रोसँग मनन् गरेर आफ्नो जीवनमा प्रयोगको रुपमा ल्याउन सकेमा विद्यार्थीले आफ्नो जीवन पूर्ण आनन्द र सफलपूर्वक विताउन सफल हुनेछन् । कुनै पनि व्यक्तिले निम्न सीपहरु आफूले प्रयोगमा ल्याउन सकेमा धेरै उपयुक्त हुने थियो भन्ने कुरा समेत बुझाउन यो क्लव सफल भएको देखिन्छ ।
जसले गर्दा नियमित खेलकूद कार्यक्रम आयोजना गरी धेरैलाई सहभागी गराउन सफल भएको छ । शारीरिक शिक्षाबाट अपनाउन सकिने जीवनोपयोगी सीपहरु-
क) अभिव्यक्तिको सीप,
ख) सम्वेग व्यवस्थापनको सीप,
ग) तनाव नियन्त्रणको सीप,
घ) अन्तर बैयक्तिक सम्बन्ध,
ङ) सहानभुति प्रदान गर्ने सीप,
च) आत्म सचेतनाको सीप,
छ) समस्या समाधान गर्ने सीप,
ज) समालोचनात्मक चिन्तनको सीप,
झ) निर्णय गर्ने सीप आदि ।

यस्ता कुराहरु विद्यालयका सम्पूर्ण  पक्षहरुलार्इ  प्रदान गर्दै हालसम्म पनि विविध खेलकूद तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

नयाँ बजार क्लव जसले विद्यालय स्तरका विविध खेलका प्रतियोगिताहरु संचालन गरी विद्यालयका शिक्षकहरुलाई समेत खेलकूदको आवश्यकता बोध गराउन सफल भएको छ । यस बोहक विद्यार्थीहरुलाई खेल खेल्न योग्य बनाउन तालिम संचालन गर्ने शिक्षकहरुलार्इ  विविध समयमा विभिन्न खले को परिवतिर्त नयाँ अन्तर्राष्ट्रिय नियमहरु जानकारी गराउनुका साथै प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम दिएर स्थापना कालदेखि नै खेल तथा विद्यालय खेल क्षेत्रमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाई सकेको छ । विद्यालयका शिक्षक तथा विद्यार्थी खेलाडिहरुमा यस्तो छाप छोडेको छ कि अव यो समयमा नयाँ बजार क्लवले बास्केटवल खेलको आयाजे ना गर्छ, अभ्यास गर्नु पर्छ, फूटवल, टवेल टेनिस, एथलेटिक्स, क्रसकन्ट्रिको आयोजना गर्छ अव हामीले अभ्यास गर्नु पर्छ, अभ्यास गराउनु पर्छ भन्ने उत्सुकता, जोस, जगाएको थियो । कतिपय विद्यालयमा खेलकूद शिक्षक वा शारीरिक शिक्षा शिक्षक नभएको विद्यालयहरुमा पनि यसले आफ्ना युवा सदस्यहरुलाई पठाएर प्रशिक्षण प्रदान गर्ने व्यवस्था गरी एक प्रकारले खेलकुदमा समर्पित क्लवको रुपमा प्रस्तुत गरी सकेको छ ।

अझ भन्ने हो भने बास्केटवल खेललाई त विद्यालय स्तरदेखि राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस क्लवले महत्वपूर्ण भूमिका खेलेको छ । वि.सं. २०४७ सालमा पहिलो पटक आफ्नै सदस्यहरुलाई प्रशिक्षकको रुपमा पठाई खेलाडि तयार गरी २०४८ सालमा पहिलो पटक अन्तर विद्यालय बास्केटवल प्रतियोगिता आयोजना गरी ८ वर्षम्म निरन्तर सो प्रतियोगिता आयोजना गरी विद्यालय स्तरबाट राष्ट्रिय स्तरसम्म पुर्‍याउन सफल भएको छ ।
यस खेलको प्रतियोगिताहरु कीर्तिपुरमा मात्र सीमित नराखी उपत्यकाका विद्यालयहरुमा समेत प्रचार प्रसार गर्न सफल भएको देखिन्छ । त्यसैले नयाँ बजार क्लवले विद्यालय खेलकूद कार्यक्रममा ठूलो भुमिका खेलेको पाइन्छ । हाल पनि यस क्लवका अधिकांश सदस्यहरु (२०/३० जना) ले काठमाडौं उपत्यकाका धेरै निजी विद्यालयहरुमा प्रशिक्षक भएर प्रशिक्षण गर्दै विद्यालयको खेलकुद विकास गर्ने कार्यमा सलंग्न हुदै आइरहको छ । यस प्रकारले एउटै संस्थाका यति धेरै व्यक्तिले विद्यालय खेलकूद विकास कार्यमा संलग्न गराउन सफल नयाँ बजार क्लव एउटै मात्र रहेको छ । त्यसैले यस क्लवले विद्यालय खेलकूद विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

 

Naya Bazar Club, Kirtipur-3, Kathmandu, Nepal. Telephone: +977 1 4330200, Website: www.nbc.org.np 
All Rights Reserved © Naya Bazar Club 2012.